७ आश्विन २०८१, सोमबार

पाटन अस्पतालमा २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


पाटन अस्पताल

ललितपुर, भदौ ८ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण आज सोमबार ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र धनुषाका २ जना पुरुषको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो ।त्यस्तै गत साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ ।

पाटन अस्पतालमा २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !