१ मंसिर २०८१, शनिबार

प्रसुति गृहका डाक्टरसहित ८ जनामा कोरोना संक्रमण पुष्टि


प्रसुती गृह

काठमाडौं, भदौ ७ । काठमाडौँको थापाथलीस्थित प्रसुती गृहमा कार्यरत ३ डाक्टरसहित ८ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

अस्पतालमा कार्यरत नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये २ जना कर्मचारी अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !