७ आश्विन २०८१, सोमबार

पर्सा, बारा र रौतहटका १५६ जनामा कोरोना संक्रमण पुष्टि


नारायणी अस्पताल

वीरगञ्ज, भदौ ७ । पर्सा, बारा र रौतहट जिल्लामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३२० जनाको स्वाब परीक्षण गर्दा सेना, प्रहरी र संचारकर्मीसहित १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमध्ये ९ जना बारा, ५ जना रौतहट र अन्य सवै पर्सा जिल्लाका बासिन्दा हुन् । प्रयोगशाला स्रोतका अनुसार ३४ महिलासहित १५६ जनामा कोरोना संक्रमण देखिएको हो । ४३ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखेको हो ।

नेसनल मेडिकल कलेजका तीन जनासहित पाँच जना चिकित्सक पनि संक्रमित भएका छन् । वीरगञ्जको एउटा एफएमका ५ जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । जीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ संक्रमित भएका छन् ।

नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा संक्रमण पुष्टि भएको छ । सुख्खा बन्दरगाहका २ जनामा कोरोना पोजिटिभ देखिएको छ । वीरगन्ज महानगरपालिका-१४ पिप्रामा १६ जना र छपकैयामा १० जना संक्रमित थपिएका छन् ।

वीरगन्जका अन्य संक्रमितहरु राधेमाई, माईस्थान, रामटोल, श्रीपुर, रेशमकोठी, नगवा, मुर्ली, तेजारथ टोल, कुम्हालटोल, गणेशटोल, अपौनी, बसडिल्वा, भिस्वाका बासिन्दा हुन् । पर्सागढी नगरपालिकामा थप ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्साको बिन्दवासनी गाउँपालिकामा ९ जनामा कोरोना देखिएको छ । पटेर्वासुगौली, बिन्दवासनी गाउँपालिकामा समेत संक्रमित थपिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !