२ असार २०८१, शनिबार

माधव नेपालका ९ सुरक्षाकर्मीमा देखियो कोरोना संक्रमण, परिवार सबैको रिपोर्ट नेगेटिभ


माधवकुमार नेपाल

काठमाडौँ, भदौ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजिटिभ देखिएको हो ।

पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ । माधव नेपालका परिवारले ३ पटकसम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिसकेका छन् ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !