६ जेष्ठ २०८१, आइतबार

कपिलवस्तुमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

कपिलवस्तु, भदौ ४ । कपिलवस्तु जिल्लामा आज दिउसो थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १००६ पुगेको छ ।

साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रदेखि संकलन गरिएको ३२९ नमुनामध्ये २४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने ८७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । साथै २१८ जनाको नतिजा आउन बाँकी छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !