७ आश्विन २०८१, सोमबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ २। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५५० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ११ जना, बर्दियाका २ जना र सुर्खेतका १ जना रहेका छन् ।

आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १० जना पुरुषहरु र ४ जना महिला रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १२९६ जना पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३००१५ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या २९९५० वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !