७ आश्विन २०८१, सोमबार

सेती प्रादेशिक अस्पतालमा ६४९ गरिएको परीक्षणमा सुदूरपश्चिममा १ जनामा मात्र कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, साउन ३२ । सुदूरपश्चिम प्रदेशमा आज थप १ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो १२:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार कैलालीको जोशीपुर-७ का ३५ वर्षीय १ जना पुरुषमा मात्र कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६४९ जनाको कोरोना परीक्षण गर्दा कैलाली ती १ जनामा मात्र कोरोना संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा ६४९ गरिएको परीक्षणमा सुदूरपश्चिममा १ जनामा मात्र कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !