७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७६४


कोभिड-१९

चितवन, भदौ २ । गण्डकी प्रदेशमा आज बिहान थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७६४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ५:४० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका ४ जना, नवलपरासी (ब. सु. पु) का २ जना र बाग्लुङका २ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७६४

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७५६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !