१८ असार २०८१, मंगलबार

विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो


कोरोना भाइरस

विराटनगर, ३२ साउन । समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना संक्रमित पुष्टि भएका छन् ।

महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् ।

सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २ र ५ का चार /चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् ।

यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !