नेपालमा सामाजिक दुरी कायम गर्नेतर्फ कसैको ध्यान नपुगेको देखिएको छ । हामीले बजार अनुगमन छड्के तरिकाले गरेका थियौ तर चाहे कपडा पसल होस् या होटल होस् या सपिङ सेन्टर किन नहोस् त्यहाँ सामाजिक दुरी राखेर काम गरेको पाइएको देखिएन ।
ज्वरो आएर विरामी क्लिनिकमा आएको हुन्छ नछोई सामाजिक दुरी कायम राखेर उपचार गर्नुपर्छ यसबाट डाक्टर र विरामी दुवै सुरक्षित हुन सक्ने छन् । तर बिरामीलाई नोबेल कोरोना लाग्ने तर डाक्टरलाई नलाग्ने हुदैन ।
डाक्टरबाट पनि रोग बिरामीलाई सर्न सक्छ भन्ने सन्देश नबुझेको हो या केहि हुदैन भनेर लापरबाही गर्न खोजेको यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ । सामाजिक दुरी भनेको परिवारका सदस्यसँग होस् या सामान खरिद गर्न होस् या उपचार गराउन जाँदा नजिक गएर कुरा नगर्ने, कम्तिमा ६ फिटको दुरी कायम राख्नु पर्ने हुन्छ भनेको छ ।
तर सामाजिक दुरीले मानिसमा वैमनस्यता पैदा भई सहयोग गर्ने भावनाको अन्त हुदै जान थालेको देखिन्छ । कोरोना लागेर मर्नुको अर्को पाटा भनेको नै सामाजिक दुरी हो भन्दा खासै फरक छैन । स्वास्थ्य निकायले सामाजिक दुरी कायम गर्नुपर्छ भन्ने कुरा मेडिया मातहतबाट प्रसारण गरेको हुन्छ ।
उपचार भइरहेको अवस्थामा विरामीलाई नोबेल कोरोना देखिएमा सिल गर्ने जुन तरिका अपनाउने गरेको हुन्छ यसले मानिसमा त्रास फैलाउन ठुलो सहयोग गरेको पाइन्छ । १ जनालाई कोरोना लागेमा समाजका सबैलाई कोरोना लाग्छ भन्ने भ्रम फैलाउदा समाजको सोच्ने तरिका फरक देखिएको छ ।
हामी अहिले २१ औ शताब्दी पार गरेका छौं । रोग लाग्छ तर उपचार गरे निको हुन सक्छ भने यसलाई ठुलो मुद्दा बनाउदा रोगीले सेवा पाउनबाट बन्चित हुन्छ । एक जना मान्छेलाई नोबेल कोरोना लाग्दैमा सवै सेवा बन्द गर्दा अन्यलाई समेत सास्ती हुने हुन्छ ।
मैले भन्न खोजेको केहो भने एक जना व्यक्तिलाई रोग लागेमा उपचार गरौं अरुलाई सामाजिक दुरी कायम गराउ भन्ने हो । सिङ्गो बजार बन्द गर्दा यसको असर अन्यलाई पनि हुन सक्छ । उपचार गरेर निको हुन सक्छ भने सामाजिक दुरीको कुनै औचित्य छैन यसले केवल भ्रमको खेती गरेको हुन्छ डिप्रेसन बढाउन थालेको हुन्छ ।
मलाई एउटा घटना याद आयो एकजना महिलालाई ज्वरो आयो ज्वरो आएको भन्ने थाहा पाएपछि सहोदर आफ्नै भाई भतिजाले विरामी उठाउन मानेनन् यस्तो अवस्थामा विरामीको ज्यान समेत जाने खतरा बढेको देखियो ।
हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने जुनसुकै रोग लागेतापनि समयमा उपचार हुन नसकेको अवस्थामा उसको ज्यान जान सक्छ । यस्ता विषयमा गहन अध्ययन गरेर उपचारको दायरा बढाएर सामाजिक दुरी हटाएर अघि बढ्न सके चाँडो रोग नियन्त्रणमा आउन सक्ने देखिन्छ ।
जुन हिसाबले रोग बढेको छ यो सवै समयमा रोगको उपचार नगराउने रोग लागेकाहरूले आफ्नो समस्या नबताउने जस्ता कारणले रोग दिन प्रतिदिन बढ्दै गएको छ । अब बजार बन्द होइन उपचार र रोग परीक्षण गर्ने दायरा बढाएर सेवा दिन सके ठूलो उपलब्धि हुन सक्छ ।
एकजना विरामी देखिदा हस्पिटल सिल गर्दा अन्यलाई समेत सास्ती हुनसक्छ । यस विषयमा हामीले रोगको परिक्षण तत्काल गरेर रोगको पहिचान हुनासाथ उपचारमा लाग्न सकेमा मात्र पब्लिकलाई अप्ठयारो नहुन सक्छ । यो रोगको आडमा धेरैले फाइदा उठाउने गरेको देखिएको छ । यसलाई राजनीति मुद्धा नबनाएर सामाजिक सेवामा जुटौं भन्ने हाम्रो अपेक्षा छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।