१२ असार २०८१, बुधबार

शिक्षण अस्पतालका ६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिक सेवा बन्द


शिक्षण अस्पताल

काठमाडौँ, साउन २८। त्रिवि शिक्षण अस्पतालमा कार्यररत २ जना चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण देखिएको छ । बुधबार ६ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालकामा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ ।

अस्पतालका निर्देशक प्रा.डा. रोहित कुमार पोखरेलले अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ जना चिकित्सक र मेडिसिन वार्डमा कार्यरत ४ जना नर्समा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

उनले संक्रमणपछि आकस्मिक कक्ष सिल गरिएको बताए । अस्पतालमा कार्यरत अरु चिकित्सक तथा नर्स लगायतका स्टाफको पीसीआर परीक्षणको नतिजा आएपछि सेवा सुचारु हुने जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !