८ आश्विन २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६४८


कोरोना भाइरस

२७ साउन, पोखरा । गण्डकी प्रदेशमा आज साँझ थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६४८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज साँझ ५:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमित थपिएकाहरुमा कास्कीका ११ जना र स्याङजाका ६ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १४९३ पुगेको छ । गण्डकी प्रदेशमा आज बिहान ८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६३१ जना पुगेको थियो ।

गण्डकी प्रदेशमा आज १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६४८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !