८ आश्विन २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढी १३४ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौं, साउन २७ । काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढी १३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ११० जना, ललितपुर जिल्लाका १६ जना र भक्तपुर जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकामा यसअघि सबैभन्दा बढी साउन २३ गते १०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा २० जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १३ जना, पाटन अस्पताल, ललितपुरमा गरिएको परीक्षणमा ८ जना तथा स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै काठमाडौँ जिल्लामा आज बीआईडीएच ल्याबमा गरिएको परीक्षणमा २ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा ४ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा ३ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा ५ जना, काठमाडौं मेडिकल कलेजमा गरिएको परीक्षणमा २ जना, हयाम्स अस्पतालमा गरिएको परीक्षणमा ८ जना तथा वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी ललितपुर जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १ जना, पाटन अस्पताल, ललितपुरमा गरिएको परीक्षणमा ८ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा १ जना, बीआईडीएच ल्याबमा गरिएको परीक्षणमा २ जना, हयाम्स अस्पतालमा गरिएको परीक्षणमा १ जना तथा भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुर जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १ जना तथा नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ४४ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !