१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ४४ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकामा आज थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३६ जना, ललितपुर जिल्लाका ४ जना र भक्तपुर जिल्लाका ४ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ९२ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !