८ आश्विन २०८१, मंगलबार

पर्सा र बारामा डाक्टर, प्रहरी र थुनुवासहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस C

वीरगञ्ज, साउन २७ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा डाक्टर, प्रहरी र थुनुवासहित ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साउन २३ गतेदेखि २६ गतेसम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ७० जना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

नारायणी अस्पताल स्रोतले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४९ जना पुरूष र २१ जना महिला रहेका छन् । कोरोना संक्रमित हुनेमा ३ वर्षकी बालिकादेखि ८६ वर्ष बृद्ध पुरुष समेत रहेका छन् । अस्पताल स्रोतका अनुसार शनिबार बेलुकी प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा नेशनल मेडिकल कलेजका ३० र ३१ वर्षका २ जना डाक्टर र १ जना २३ वर्षका पुरुष रहेका छन् ।

साथै संक्रमित हुनेहरुमा वडा प्रहरी कार्यालय विर्ताका ३ जना प्रहरी, वडा प्रहरी कार्यायल विर्ताकै थुनुवा कक्षमा रहेका १ महिलासहित ५ जना रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४१ वर्षीय १ पुरुष प्रहरी, कृषि सामाग्री वीरगन्जका ५५ वर्षीय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका ३ पुरुष र १ महिला कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३ जनामा समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । त्यसैगरी वीरगञ्ज महानगरपालिकामा कार्यरत १ महिला कर्मचारी, वीरगन्ज महानगरपालिकाका वडा नम्बर १ छपकैयाका ३ महिला र २ पुरुष, वडा नम्बर ४ बिर्ताका २ महिला र ८ पुरुष, वडा नम्बर ६ माइस्थानका १ महिला र ३ पुरुष, वडा नम्बर १० आदर्शनगरका २ महिला र २ पुरुष, वडा नम्बर १६ का ३ जना, वडा नम्बर १५ का ४ जना, वडा नम्बर ८,१२, १३, १४ र १९ का २/२ जना, वडा नम्बर २, ३ र ७ का १/१ जना रहेका छन् ।

धोबिनी गाँउपालिका वडा नम्बर ३ निवासी ३३ वर्षीय १ पुरुष, जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ निवासी ३ वर्षकी १ बालिका र ३० वर्षकी १ महिला रहेका छन् भने बारा जिल्ला जितपुर सिमराका ४५ वर्षका १ पुरुष, बारा जिल्ला गौरीशंकर कैम्प निजगढका ३० वर्षीय १ सशस्त्र प्रहरी र बाराकै २६ वर्षीय १ पुरुषमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !