७ जेष्ठ २०८१, सोमबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज ५१ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन २५ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत ४८ घण्टामा ३५० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आज दिउसो ४ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ४८ जना र दाङका ३ जना रहेका छन् ।

आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ४० जना पुरुषहरु र ११ जना महिला रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १०८५ जना पुगेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज ५१ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !