७ जेष्ठ २०८१, सोमबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन २४ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आज दिउसो ४:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २० जना र बर्दियाका २ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १३ जना पुरुषहरु र ९ जना महिला रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !