८ आश्विन २०८१, मंगलबार

नेपालमा कोरोना जित्नेको संख्या १६ हजार नाघ्यो, थप ४९९ जना घर फर्किए


डिस्चार्ज भई घर फर्के

साउन २४, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६३१३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

साथै कोरोना संक्रमण निको भएर प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ९४२, प्रदेश नम्बर २ बाट ३३२६, बागमती प्रदेशबाट ६०० र गण्डकी प्रदेशबाट १४४१ जना संक्रमित निको भएर घर फर्किएका छन । त्यस्तै प्रदेश नम्बर ५ मा ४१७९, कर्णाली प्रदेशमा १८८७ र सुदूरपश्चिम प्रदेशमा ३९३८ गरी आजसम्म १६३१३ जना डिस्चार्ज भएका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३७८ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२५९२ पुगेको छ । काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५६ जना, ललितपुर जिल्लाका ३ जना र भक्तपुर जिल्लामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

मुलुकभर ६२०६ जना आइसोलेसनमा र क्वारेन्टाइनमा १०७९२ जना रहेको उनले जानकारी दिएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १५८१४ पुग्यो, थप ४२५ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !