४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५७९


कोरोना भाइरस

२३ साउन, पोखरा । गण्डकी प्रदेशमा आज बिहान ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५७९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा पोखरा महानगरपालिका-२ र ८ का २ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुरका १ जना र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परिक्षणमा स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवैजना पुरुषहरु रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १३८३ पुगेको छ ।

गण्डकी प्रदेशमा आज ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५७९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !