८ मंसिर २०८१, शनिबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु

साउन २२, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३६० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापका १ जना, मोरङका १ जना र सुनसरीका १५ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १५ जना, मोरङका १३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १० जना, सुनसरीका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २३ जना, महोत्तरीका १ जना, सर्लाहीका १ जना र सिराहाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा महोत्तरीका १ जना, पर्साका ४१ जना र रौतहटका १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाजुराका ३ जना, गोरखाका ४ जना, काठमाडौंका २५ जना, कपिलवस्तुका २१ जना, सर्लाहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, भोजपुरका २ जना, दोलखाका १ जना, काठमाडौंका १५ जना, काभ्रेका १ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका १ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका १३ जना मकवानपुरका ४ जना, रौतहटका १ जना, काठमाडौंका १ जना, रुपन्देहीका १ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषका १ जना, काठमाडौंका ३ जना, महोत्तरीका १ जना, नुवाकोटका १ जना, रामेछापका १ जना र सिराहाका १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा बाराका १ जना, गुल्मीका १ जना, कंचनपुरका १ जना, काठमाडौंका ५ जना, काभ्रेका १ जना र उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, ललितपुरका १ जना र पर्साका १ जना, डीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका ६ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा दाङका १ जना, वीरेन्द्र अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका १ जना र काभ्रेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गोरखाका २ जना, कास्कीका १ जना र पर्वतका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा दाङका २ जना, कपिलवस्तुका १ जना, प्युठानका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका १० र रुपन्देहीका ३ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १ जना, सुर्खेतका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका १ जना र मुगुका १ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका १ जना र डोटीका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ७ जना, बझाङका ३ जना कैलालीका २१ जना र कंचनपुरका एक१ जनामा कोरोना संक्रणण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

हिजो कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !