८ आश्विन २०८१, मंगलबार

प्रदेश १ मा एकैदिन ६६ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

विराटनगर, साउन २२ । प्रदेश १ मा आज बिहीबार हालसम्मकै सबैभन्दा धेरै ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२५५ पुगेको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा मोरङमा २४ जना, सुनसरीमा १९ जना, इलाममा १५ र झापामा ८ जना गरी ६६ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा हालसम्म एकैदिनमा ६० जनाभन्दा बढी संक्रमित भेटिएका थिएनन् ।

प्रदेश १ मा बिहीबार १०५४ जनाको पीसीआर परीक्षण गर्दा १५ जना महिलाहरु र ५१ जना पुरुषहरु गरी ६६ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जानकारी दिएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा मोरङको विराटनगरमा ११ जना पुरुषहरु र १० जना महिलाहरु, बेलबारीमा २ जना र रंगेलीमा १ जना पुरुष, सुनसरीको धरानमा ११ जना पुरुषहरु, ३ जना महिलाहरु, इटहरीमा ४ जना पुरुषहरु, १ जना महिला, इलामको इलाम नगरपालिकामा १५ जना पुरुषहरु, झापाको मेचीनगरमा ७ जना पुरुषहरु र १ जना महिला रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !