४ बैशाख २०८१, मंगलबार

अख्तियारका थप २२ जनामा कोरोना पुष्टि : परीक्षण गराएर मात्रै कार्यालय आउन निर्देशन


अख्तियार दुरुपयोग अनुसन्धान आयोग Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

काठमाडौँ, साउन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । २२ जनालाई कोरोना संक्रमण देखिएपछि अख्तियारले कर्मचरीलाई कोरोना परीक्षण गराएर मात्रै कार्यालय आउन निर्देशन दिएको छ ।

अख्तियार स्रोतका अनुसार १ जना चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको बताइएको छ । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

अख्तियार स्रोतका अनुसार झण्डै ३०० कर्मचारीको कोरोना परीक्षण गर्न बाँकी रहेको छ । अहिलेसम्म अख्तियारमा खटिएका १८२ जनाको परीक्षण भएको छ । अन्य कर्मचारीहरूको परीक्षण गर्ने तयारी भइरहेको छ । अख्तियारका आयुक्तहरूको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !