३१ जेष्ठ २०८१, बिहिबार

प्रधानमन्त्री र गृहमन्त्रीसँग बैठक गरेर फर्केका प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि


बालुवाटारमा प्रहरी समायोजन सम्बन्धी बैठक

काठमाडौं, साउन २२ । नेपालको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो । सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

साथै कोरोना संक्रमित प्रदेश २ का मन्त्री यादवले बालुवाटारमा प्रहरी समायोजन सम्बन्धी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेको खुलेको छ । उनले साउन १७ गते बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरू सहित उच्च पदस्थ व्यक्तिहरुलाई भेटेका थिए ।

बैठकमा प्रदेश प्रहरी गठनसम्बन्धी कानुनका विषयमा छलफल भएको थियो । बैठक सकिएपछि प्रधानमन्त्री ओली र गृहमन्त्री थापासँग यादवसहित सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा अन्य अधिकारीहरुले सामूहिक तस्बिर समेत खिचाएका थिए ।

उक्त बैठक सकेपछि साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएपछि उनले जनकपुरमा कोरोना परीक्षण गराएकोमा हिजो साउन २१ गते बुधवार राति उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो । उनी अहिले जनकपुरस्थित मन्त्री क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन् ।

संक्रमण पुष्टि भएपनि उनले कोरोनाको कुनै लक्षण भने नदेखिएको र स्वास्थ्य अवस्था पनि ठिक रहेको बताइएको छ । साथै उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सर्तक रहन र कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । यो घटनासँगै कन्ट्याक ट्रेसिङको क्रममा उच्च पदस्थ अधिकारीहरुको समेत कोरोना परिक्षण गर्ने तयारी सुरु गरिएको छ ।

मन्त्री यादवका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र १ जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौँको सिंहदरवारदेखि बालुवाटारसम्म आतंक मच्चिएको छ । मन्त्री यादवलाई कोरोना देखिएपछि बालुवाटार बैठकमा सहभागी भएका नेतृत्व तथा अन्य अधिकारीलाई पनि सशङ्कित बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश २ मा मन्त्री र सांसदमा पनि देखियो कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !