६ जेष्ठ २०८१, आइतबार

कपिलवस्तुमा आज थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४० पुग्यो


कोरोना भाइरस Print

कपिलवस्तु, साउन २२ । कपिलवस्तु जिल्लामा आज बिहान थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८४० पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

आज बिहान कोरोना संक्रमण पुष्टि हुनेहरुमा Random Sampling Techniques द्वारा साउन १९ गते कपिलवस्तु नगरपालिका क्षेत्रभित्र संचालित बैंक तथा वितिय संस्थादेखि संकलन गरिएका नमुनामध्ये ९ जना रहेका छन् ।

त्यस्तै जिल्लामा संचालित विभिन्न मेडिकल, पोलिक्लिनिकमा कार्यरत कर्मचारीहरु २ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जना, स्वास्थकर्मी १ जना, शिक्षकहरु २ जना र अन्य बजार क्षेत्रदेखि ३ जनामा कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ । साथै मायादेवी गाउँपालिकामा कार्यरत स्वास्थकर्मी १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा आज थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !