८ आश्विन २०८१, मंगलबार

विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस C

विराटनगर, साउन २२ । प्रदेश १ को राजधानी विराटनगरमा समुदाय स्तरमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट थप १३ जना संक्रमित भएका छन् । कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणको बुधबार राति प्राप्त रिपोर्ट अनुसार ५ जना महिलाहरु र ८ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।

रिपोर्ट पोजिटिभ देखिएका नयाँ कोरोना संक्रमित विराटनगर महानगरपालिका-२, ६, ७, ८, १०, ११, र १३ वडाका छन् । कोरोना संक्रमितमध्ये ३ जना पुरुषहरु र १ जना महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेर समूहका रहेका छन् ।

संक्रमितहरुले स्वावसँगै दिएको ठेगाना अनुसार स्वाथ्यकर्मीहरु उनीहरुको खोजीमा जुटेका छन् । कतिपय टिपाएको मोवाइल नम्बर नमिलेको र अफ भएकाले स्वास्थ्यकर्मी उनीहरुले दिएको ठेगानातर्फ खोजी गर्न बिहीबार बिहानै गएको महानगरपालिका स्रोतले बताएको छ । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८३ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !