सुर्खेत, साउन २१ । कर्णाली प्रदेशमा आज दिउसो ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९५६ जना पुगेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका ७ जना, पर्साका ३ जना र कालिकोटका १ जना गरी ११ जना रहेका छन् ।