८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५५५


कोरोना भाइरस

२१ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो फेरि ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिउसो सार्वजनिक गरको तथ्यांक अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका थप १ जना ३८ वर्षीय पुरुष र बाग्जुङको गल्कोट नगरपालिकाको ३४ वर्षीय पुरुष १ जना र जैमुनी नगरपालिकाको २५ वर्षीया युवती १ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १३६२ पुगेको छ ।

गण्डकी प्रदेशमा आज बिहान ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ जना पुगेको थियो ।

गण्डकी प्रदेशमा आज फेरि ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५५५

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा आज ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५५२


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !