४ जेष्ठ २०८१, शुक्रबार

बाँकेको नेपालगन्ज कारागारका ७ कैदी र ६ प्रहरीमा कोरोना संक्रमण


नेपालगन्ज, साउन २० । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज फेरि १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०५ नमुनाको पिसिआर परीक्षण गर्दा आज अपरान्ह १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आज दिउसो ५:०० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेको नेपालगन्ज कारागारका ७ जना कैदी र ६ जना प्रहरी तथा दाङको लमहीका ३८ वर्षीय पुरुष १ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ११ जना पुरुषहरु, २ जना महिला र लिङ नखुलेका १ जना रहेका छन् ।

बाँके जिल्लाको नेपालगन्ज कारागारका ७ जना थुनुवालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जले मंगलबार दिएको रिपोर्ट अनुसार कारागारबाट संकलन गरिएका स्वाब मध्ये १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । ती मध्ये ७ जना थुनुवा रहेको बाँके कारागार प्रमुख देबेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

आइतबार कारागार परिसरमा २१ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । यसअघि पनि कारागारमा थुनुवा र प्रहरीलाई कोरोना देखिएको थियो । यसैबीच, वडा प्रहरी कार्यालयका ६ जना प्रहरीलाई पनि कोभिड-१९ पोजिटिभ देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आइतबार रेन्डम सेम्पलिङ विधिबाट स्वाब संकलन गरिएका स्वाब परीक्षण गर्दा ७ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको हो । २५० जनाको क्षमता रहेको कारागारमा ४७ महिलासहित ७९० जना कैदीबन्दी राखिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज फेरि थपिए कोरोनाका १४ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !