२ जेष्ठ २०८१, बुधबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन २१, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३८१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १ जना, कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा इलामका १ जना, सप्तरीका ३ जना, उदयपुरका १ जना र मोरङका ७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा मोरङका ७ जना, र इलामका १ जना, गजेन्द्र नारायणी सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सर्लाहीका ३ जना र सप्तरीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना, महोत्तरीका १४ जना, सर्लाहीका १ जना र सिराहाका १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नारायणी अस्तपाल वीरगञ्जमा गरिएको परीक्षणमा बाराका १९ जना, पर्साका १४७ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका ३ जना, कपिलवस्तुका ९ जना र काठमाडौंका २७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना, काठमाडौंका १४ जना र पर्साका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ८ जना, मकवानपुरका ४ जना र रौतहटका १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका १ जना, धनुषाका १ जना, काठमाडौंका २ जना, ललितपुरका २ जना, महोत्तरीका २ जना र सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, बाराका १ जना र पर्साका १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका १ जना, ललितपुरका २ जना, महोत्तरीका १ जना, रौतहटका १ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बीआइडीएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै काठमाडौं मेडिकल कलेजको प्रयोगशालामा धनुषाका १ जना र सिरहाका १ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा धादिङका १ जना, धनुषाका १ जना, पर्साका १ जना, सुनसरीका १ जना र स्याङ्जाका ९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङका २ जना, कास्कीका १ जना र स्याङ्जाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १३ जना र दाङका १ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका १ जनामा संक्रमण देखिएको छ । त्यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

हिजो कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !