नेपालगञ्ज, साउन १९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज फेरि ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १९५ नमुनाको पिसिआर परीक्षण गर्दा आज बिहान ९ जना र दिउसो ११ जना गरी २० जनामा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालले आज दिउसो २:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ९ जना र सल्यानका २ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १० जना पुरुषहरु र १ जना महिला रहेका छन् ।
यो पनि पढ्नुहोस्
भेरी अस्पतालमा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि