३ मंसिर २०८१, सोमबार

पर्सामा आज एकैदिन ७३ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

वीरगञ्ज, साउन १९ । पर्सा जिल्लाको वीरगञ्जमा थप ७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित ७३ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूषहरु र १२ जना महिलाहरु रहेका छन् । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षीया महिला समेत रहेकी छिन् । आइतबार राती संक्रमण पुष्टि भएका ७३ जनामा मास ट्रेसिङ र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका छन् । त्यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ३३ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना छन् ।

त्यसैगरी नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिकमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ५८० पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !