४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज फेरि १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५२४


कोरोना भाइरस

१८ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज साँझ फेरि १९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५२४ जना पुगेको छ । आज बिहान मात्र गण्डकी प्रदेशमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५०५ जना पुगेको थियो ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज साँझ ५:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणका कास्कीका ४ जना र अन्य प्रदेशका कोरोना परीक्षण गर्ने निकायबाट ढिलागरी प्राप्त भएका प्रतिबेदनका आधारमा ११ जना गरी गण्डकी प्रदेशमा थप भएका नयाँ १९ जनामा कोरोना पुष्टि भएको हो ।

कास्की जिल्लाका सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ भने अरु जिल्लाबाट प्रतिबेदन गर्न छुट भएका १५ जनाको ब्यबस्थापन भई सकेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३०४ पुगेको व्यहोरा समेत अनुरोध छ ।

गण्डकी प्रदेशमा आज फेरि १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५२४

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा आज २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५०५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !