धनगढी, साउन १८ । सुदूरपश्चिम प्रदेशमा आज थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।
सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १८ जना पुरुषहरु र ५ जना महिलाहरु गरी जम्मा २३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २३८ जनाको कोरोना परीक्षण गर्दा बैतडीका १ जना र कैलालीका २२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो पनि पढ्नुहोस्