काठमाडौं, साउन १८ । काठमाडौं उपत्यकामा आज थप ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २२ जना, ललितपुर जिल्लाका ८ जना र भक्तपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ११ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ८ जना, वीर अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा १ जना र प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
साथै ललितपुर जिल्लामा आज स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा ३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ४ जना र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर जिल्लामा आज नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो पनि पढ्नुहोस्