८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५०५


कोरोना भाइरस

१८ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५०५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको पिसिआर परीक्षणमा १४ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा ६ जना गरी गण्डकी प्रदेशमा २० जनामा कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरको तथ्यांक अनुसार तनहुँका २ जना, स्याङजाका ८ जना, लम्जुङका ३ जना, बाग्लुङका १ जना र कास्कीका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका कोरोना संक्रमित स्याङजाको वालिङका ५ जना पुरुषहरु र पुतली बजारका २ जना महिलाहरु र १ जना पुरुष गरी ३ जना छन् । यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिलासहित ५ जना र पोखरा महानगरपालिकाका १ जना पुरुष छन् ।

लमजुङको दोर्दीका १ जना र सुन्दर बजारका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता तनहुँको म्याग्दे र आबुखैरेनीका १/१ जना पुरूष र बागलुङ नगरपालिकाकै १ जना पुरुष छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १२४५ पुगेको छ ।

गण्डकी प्रदेशमा आज २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५०५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !