८ बैशाख २०८१, शनिबार

नेपालमा अहिलेसम्म १४३९९ जनाले जिते कोरोना, थप १५१ जना घर फर्किए


कोरोना डिस्चार्ज

साउन १६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४३९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार डिस्चार्ज प्रतिशत ७२.८ भएको जानकारी दिए । २४ घण्टामा १०७६८ र हालसम्म ३ लाख ७५ हजार ४१६ परीक्षण गरिएका छन् । अहिले क्वारेन्टाइनमा १२१११ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १४२४८ जनाले जिते कोरोना, थप २२७ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !