७ जेष्ठ २०८१, सोमबार

प्रदेश १ मा आज थप १८ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

विराटनगर, साउन १५ । प्रदेश १ मा आज थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म प्रदेश १ मा कोरोना संक्रमित संख्या ९९३ पुगेको छ ।

आज बिहीबार मात्रै थपिएका १८ जना नयाँ संक्रमितहरुमा मोरङमा ८ जना, झापामा ४ जना, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २/२ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिएका छन् । ६५२ जनाको पीसीआर परीक्षण गर्दा १८ जनाको नतिजा पोजेटिभ आएको हो ।

उनका अनुसार मोरङको विराटनगरमा ५ जना पुरुषहरु र ३ जना महिलाहरु, झापाको शिवसताक्षीमा ३ जना पुरुषहरु, दमकमा १ जना महिला, सुनसरीको धरान र इटहरीमा १/१ जना पुरुष, उदयपुरको वेलकामा १ जना महिला र १ जना पुरुष तथा सोलुखम्वुको दूधकुण्डमा २ जना पुरुषमा खोऋओणाआ संक्रमण देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !