६ जेष्ठ २०८१, आइतबार

प्युठानमा आज थपिए कोरोना भाइरसका २ जना नयाँ संक्रमित


कोरोना भाइरस

प्युठान, साउन १५ । प्युठान जिल्लामा आज थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या ३३७ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रिएको परिक्षणमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा मल्लरानी गाउँपालिकाका ३० र ५८ बर्षिय २ जना पुरुष रहेका छन् ।

उनीहरु क्वारेन्टाइनमै बसेकाहरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्युठानमा ३३२ जना निको भएर घर फर्किसकेका छन भने ५ जना आइसोलेसनमा उपचाररत रहेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !