१२ आश्विन २०८१, शनिबार

विराटनगरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

विराटनगर, १५ साउन । विराटनगरमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा कार्यरत २ जना स्वास्थ्यकर्मीसहित विराटनगरभित्र ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये विराटनगर-३ का २ जना र विराटनगर ११ का १ जना छन् । २ जनाको विवरण अध्ययन भइरहेको विराटनगर महानगरपालिकाले जानकारी दिएको छ । विराटनगरमा हिजो बुधबार ५ जनामा संक्रमण देखिएको थियो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ९५ पुगेको छ ।

गत बुधबारयता संक्रमितको संख्या बढेपछि आइसोलेशनको अभाव भएको छ । आइसोलेशन अभाव भएका कारण पछिल्लो समय संक्रमण पुष्टि भएकाहरू घरमै बसिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !