काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकामा आज थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४ जना र भक्तपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । ललितपुर जिल्लामा आज कोरोना संक्रमित देखिएको छैन । हिजो काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ७ जना, स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा २ जना, वीर अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा २ जना र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो । भक्तपुर जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो पनि पढ्नुहोस्