९ आश्विन २०८१, बुधबार

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि


प्रहरी प्रधान कार्यालय

काठमाडौँ, साउन १३ । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले दिएको जानकारी अनुसार थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेका छन् । उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लैजाने भएको छ । ११ गते आइतबार मात्र प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो । आज कोरोना संक्रमितहरूको पनि कन्ट्याक्ट ट्रेसिङको काम थालिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु