३ मंसिर २०८१, सोमबार

कोरोना संक्रमित बढेपछि स्याङ्जाको पुतलीबजार १० दिन बन्द


स्याङ्जाको पुतलीबजार

स्याङ्जा, साउन १३ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका मंगलबारदेखि पूर्ण बन्द गरिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढेसँगै नगरपालिका सिल गरिएको पुतलीबजार नगरपालिकाले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले आज मंगलबारदेखि १० दिनका लागि पुतलीबजार सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए । कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने अनुमान गर्दै सचेत र सावधानी अपनाउनु पर्ने बैठकको निष्कर्ष छ ।

नगरभित्र कोरोना संक्रमण फैलन नदिने उद्देश्यले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरिएको छ । बाहिर निस्कनु परेमा अनिवार्य माक्स, सेनिटाइजरको प्रयोग गर्न र उच्च सतर्कता अपउनाउन सुझाव छ ।

सार्वजनिक तथा निजी सवारी साधन सबै बन्द गरिने, अत्यावश्यक बाहेक सम्पूर्ण पसल बन्द गरिने, बैंक तथा वित्तीय संस्थाले नियन्त्रित भइ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सेवा प्रवाह गर्नुपर्ने, अत्यावश्यक बाहेकका पसल तथा अन्य व्यवसाय, उद्योग बन्द गराउन व्यवसायीका छाता संगठनलाई जानकारी गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत २१ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएसँगै संक्रमण समुदायमा फैलन नदिन नगरपालिका सिल गरिएको हो । पुतलीबजारमा हालसम्म २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने ५ जना निको भएर घर फर्केका छन् । जिल्लाभर संक्रमितको संख्या २२३ पुगेकोमा १८३ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित बढेपछि स्याङ्जाको पुतलीबजार १० दिन बन्द


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !