६ जेष्ठ २०८१, आइतबार

कपिलवस्तुमा थप ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९६ पुग्यो


कोरोना भाइरस

कपिलवस्तु, साउन १३ । कपिलवस्तु जिल्लामा आज दिउसो थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा शिवराज नगरपालिकाका २८ जना पुरुषहरु र ६ जना महिलाहरु रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको नमुना परीक्षणमा सबै ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमध्ये १२ जना भारत, ४ जना दुबई, २ जना साउदी अरेबिया, ३ जना कतारदेखि आएका हुन् भने बाँकी १३ जना समुदायको रहेका कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !