८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३०


कोरोना भाइरस Print

१३ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि दिउसो ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज फेरि साँझ ७:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशको स्याङजाको अर्जुनचौपारीका ४ जना, वालिङका १ जना र पुतलीबजारका २० जना गरी २५ जना तथा बागलुङको निसिखोलाका ५ जना र बरेङका १ जना गरी ६ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज फेरि ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३९९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !