८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ५३ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन १३ । काठमाडौं उपत्यकामा आज थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ४८ जना, ललितपुर जिल्लाका ४ जना र भक्तपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो काठमाडौंका ३ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ११ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ९ जना, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा गरिएको परीक्षणमा १ जना तथा नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै ललितपुर जिल्लामा आज स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको छ । साथै भक्तपुर जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ६ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !