९ आश्विन २०८१, बुधबार

धनुषामा उच्च अदालतका न्यायाधीशमा देखियो कोरोना संक्रमण


उच्च अदालतका न्यायाधीशमा देखियो कोरोना संक्रमण

जनकपुरधाम, साउन ११ । धनुषामा उच्च अदालतका न्यायाधीशमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यायाधीशमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जानकारी दिएको छ । त्यसैगरी १ जना न्यायाधीश र प्रहरीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले बताएको छ ।

यसअघि धनुषामा उच्च अदालतका सहसचिव स्तरको १ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको एक साता नबित्दै उच्च अदालतकै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !