९ आश्विन २०८१, बुधबार

नेपालका ६ जिल्ला भए कोरोनामुक्त, ३ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित


‘कोरोना फ्री‘

काठमाडौं, साउन ११ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८६१३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ७५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३१२८ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १७९०३ पुगेको छ भने आइसोलेसनमा ५४४० जनाको उपचार भइराखेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४५ जनाको ज्यान गइसकेको छ ।

साथै हालसम्म नेपालका ६ जिल्ला कोरोनामुक्त भएका छन् भने ३ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोनामुक्त भएका छन् भने रौतहट, कैलाली र बाजुरा जिल्ला गरी ३ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर ५४४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १८७३ जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५ का ३५८ जना, कर्णाली प्रदेशमा ३६६ जना र सुदूरपश्चिम प्रदेशमा १९१८ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !