९ आश्विन २०८१, बुधबार

प्रदेश १ प्रहरी कार्यालय, बिराटनगरमा कार्यरत २० प्रहरीमा एकैदिन देखियो कोरोना


प्रदेश १ प्रहरी कार्यालय, बिराटनगर

विराटनगर, साउन ११ । प्रदेश १ प्रहरी कार्यालय, बिराटनगरमा कार्यरत २० जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरका अनुसार १ नम्बर प्रदेशका प्रहरी प्रमुखका बडीगार्ड सहित २० जनामा कोरोना संक्रमण देखिएको हो ।

गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत ५ जना प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा २० जनामा कोरोना पुष्टि भएको हो । कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !