![लक्ष्मी भट्टचन](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/corona-death.jpg?fit=700%2C451&ssl=1)
११ साउन, वीरगञ्ज । आरडिटी पोजेटिभ देखिएका वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्ध गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ ।
मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।