८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


काठमाडौं, साउन १० । काठमाडौं उपत्यकामा आज थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २ जना र ललितपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।  भक्तपुर जिल्लामा आज कोरोना संक्रमण देखिएको छैन । हिजो काठमाडौं उपत्यकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा गरिएको परीक्षणमा १ जना र स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा १ जना गरी २ जना तथा ललितपुर जिल्लामा आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका १० जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !